मलेसियाका सात राज्यमा भीषण बाढी, १ लाख २५ हजार मानिस विस्थापित

२० पुस, कराक । मलेसियाका सातवटा राज्यमा भीषण बाढी आएको छ। आइबार भारी वर्षापछि विभिन्न सातवटा राज्यमा भीषण बाढी आएको हो।

वर्षापछि केलान्टन, तेरेङगानु, पहाङ, जोहोर, मलाक्का, नेजेरी सेम्विलान र सबाह राज्यमा बाढी आएको छ।

frontline

बाढीपश्चात सो क्षेत्रत्का करिब ९ हजार मानिसको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्। 

बाढिपश्चात देशभर करिब १ लाख २५ हजार मानिस विस्थापित भएको राष्ट्रय विपद् व्यवस्थापन विभागले आइतबार जानकारी दिएको छ।

विभागकाअनुसार मलेसियाका विभिन्न क्षेत्रमा विगत दुई हप्तादेखिको लगातार वर्षाका कारण बाढि आएको हो।

मलेसियाको पूर्वी कोस्ट क्षेत्रमा बाढी आउनु सामान्य मानिन्छ। यसअघि गएको डिसेम्बर १९ मा आएको बाढिका कारण विभिन्न क्षेत्रमा ५५ मानिसले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here