हिमपहिरोमा परेर ४ दिनदेखि हराइरहेका किसान मृत भेटिए

१८ पुस, लमजुङ । हिमपहिरोमा परेर ४ दिनदेखि हराइरहेका किसान मृत अवस्थामा भेटिएका छन् ।

मनाङको नासों गाउँपालिका ४, ओडारका अन्दाजी ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत अवस्थामा फेला परेको मनाङ प्रहरीले जनाएको छ ।

frontline

डीएसपी सुवास खड्काका अनुसार ४ दिनदेखि हिमपहिरोमा हराइरहेका उनको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले फेला परेको हो ।

आइतबार दिउँसो साँढे १२ बजेतिर फेला परेको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि लमजुङको बेंसीसहरस्थित जिल्ला अस्पताल पठाएको उनले बताए ।

गाउँमाथि तपकी भन्ने ठाउँमा रहेको भेडीगोठबाट फर्किने क्रममा १४ गते बुधबार दिउँसोबाट आच्यों हराएको स्थानीयले बताए ।

हिउँ परिरहेको र गाउँमा फर्किने क्रममा उनीसँगैका साथी फर्किएपछि पछिपछि आउँदै गरेका उनी हराएका थिए ।

डीएसपी खड्काका अनुसार बोल्न नसक्ने र कानसमेत राम्ररी नसुन्ने अवस्थामा रहेका उनी हराएको खबर बुधबार साँझ ५ बजेतिर पाइएको थियो ।

प्रहरी गस्ती टोलीले नासों गाउँपालिका ४, ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउ भीरमा हिउँले पुरेको र मृत अवस्थामा भेटेको डीएसपी खड्काले बताए ।

उनका अनुसार थप अनुसन्धानको लागि प्रहरीको टोली खटिएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट १६ किलोमिटर दक्षिण र सीमा प्रहरी चौकी धारापानीबाट करिब ८ किलोमिटर दक्षिणपश्चिम पर्ने उकालो ठाउँमा रहेको छ ।

घटनास्थल गाउँबाट डेढदेखि २ घण्टा माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here