मिसेस नेपाल वर्ल्डमा विजेता बनिन दिक्षा केसी

श्रोत : ईन्टरनेट

१९ पुस, काठमाडौं । राजधानीमा शनिबार भएको मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दिक्षा केसी बनेकी छन् ।

त्यसैगरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि उषा रजकले हात पारेकी छिन्।

frontline

यस्तै सुनिता लामाले फस्ट रनरअप र राजश्री थापाले सेकेण्ड रनर अपको उपाधि हात पारेकी छन् ।

एमएस इन्टरनेसनल उपाधि पार्वती गिरीलाई प्रदान गरिएको छ ।  

भद्रकालीस्थित आर्मी अफिसर क्लबमा भएको वाइ वाइ मिसेस नेपाल १०२१ कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, महानायक राजेस हमाल, वरिष्ठ अभिनेत्री गौरी मल्ललगायतको उपस्थिति रहेको थियो ।

क्यान्सर सचेतनाको अभियानअन्र्तगत आयोजित प्रतियोगितामा २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here