नेप्सेमा ६०.४१ अंकको उछाल, ४ अर्ब १२ करोड बढीको सेयर कारोबार
१८ पुस, काठमाडौं । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा ६०.४१ अंकको उछाल आएको छ।
नेप्से दोहोरो अंकले बढेर २५ सय ८४ विन्दुमा बन्द भएको छ। यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले वृद्धि भएको छ।
आइतबार सेन्सेटिभ इण्डेक्स १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा अडेको छ।
यसदिन २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १२ समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी उत्पादन समूहको ५.०८ प्रतिशतले मूल्य बढेको हो।
यस्तै, विकास बैंकको ३.४२, निर्जीव विमाको ३.५४,वित्तको २.८८,जीवन विमाको २.४२, लगानी समूहको २.१७,अन्यको २.३ प्रतिशतले सेयर मूल्य बढेको छ।
१२ वटा समूहको परिसूचक बढ्दा सामूहिक लगानी कोषको ०.३९ प्रतिशतले मूल्य घटेको हो।
यस्तै आज कुनै पनि कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
चार कम्पनीको १० प्रतिशत हाराहारीमा कारोबार भएको छ। हिमाल डिस्टिलरीको ९.९९, मध्य भोटेकोशी जलविद्युतको ९.९७, सूर्यलाइफ इन्स्योरेन्सको ९.२९ र राष्ट्रिय विमा कम्पनीको ९.२१ प्रतिशतले कारोबार भयो।
यस्तै यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो।
सो कम्पनीको ४४ करोड ९४ लाख बराबरको कारोबार भयो।
प्रतिक्रिया दिनुहोस्