‘दोस्रो मैत्रीपूर्ण साक थोन–२०७७’ को आयोजना सम्पन्न

संसाक मासिकले साहित्यप्रति आममानिसको आकर्षण बढाई साहित्यकारहरूलाई शारीरिक व्यायाम तथा खेलकुदतर्फ आकर्षित तथा सक्रिय गराउँदै शारीरिक, मानसिक, बौद्धिक र सिर्जनात्मक विकासका लागि चलायमान, क्रियाशील र उर्जाशील बनाई मनोरञ्जन प्रदान गर्ने र आपसी सद्भाव बढाउँदै लेखकीय उर्जा थप्ने उद्देश्यका साथ विगत वर्षदेखि नियमित रूपमा भाषा, साहित्य, संस्कृति र कलाको श्रीवृद्धिको साथै साहित्यकारहरूका बीचमा भलिबल, पूmटबल, पौडी, बास्केटबल, गीत–संगीत–नृत्य, दौडजस्ता खेलकुदका विभिन्न कार्यक्रमहरूसमेत गराउँदै आइरहेकोमा यस वर्ष कोरोना भाइरस (कोभिड– १९) को कहरबाट सिथिल र सन्त्रस्त भएको साहित्यकारहरूको शारीरिक एवं मानसिक अवस्थालाई चलायमान गराउँदै मनोरञ्जनसमेत प्रदान गर्ने उद्देश्यका साथ संसाक मासिकले बाँसबारीबाट बूढानीलकण्ठ न.पा.को नारायणस्थानसम्म ‘दोस्रो मैत्रीपूर्ण साक थोन–२०७७’ को आयोजना सम्पन्न गरेको छ । गङ्गालाल हृदय रोग केन्द्र, बाँसबारीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव, जगत् उपाध्याय ‘प्रेक्षित’ र बूढानीलकण्ठ नगरपालिका, काठमाडौँका नगर प्रमुख, उद्धवप्रसाद खरेलले ‘स्वस्थ शरीर, स्वच्छ मन – निरोगी, दीर्घ जीवनको लागि साक थोन, २०७७ को हामी शुभारम्भ गर्दछौँ’ भन्ने शद्वाणीको उच्चारण गरेर दौडको उद्घाटन गर्नुभएको थियो । साहित्यकार तथा साहित्य प्रेमी सबै उमेर, समूहको सहभागिता रहेको उक्त दौड बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठ नारायणस्थानमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’ ले समाजमा आफ्ना स्वार्थ र भलाइलाई वेवास्ता गर्दै समाज र अर्काको हित र सेवामा लाग्ने मान्छेहरू निकै कम हुन्छन्, जो त्यसरी लाग्छन् उनीहरू नै जीवनभर सबैको प्रिय भएर जीवनपछि पनि अमर रहन्छन्, भन्नुभयो । ‘खेलकुद, दौड र शारीरिक व्यायामले शरीर स्वस्थ र पूmर्तिलो रहन्छ, स्वस्थ शरीरले मन, मस्तिष्कलाई गतिशील र चलायमान गराउँछ’, प्रमुख अतिथि उपाध्यायले भन्नुभयो, ‘यस्ता खेलकुदका कार्यक्रमहरूले व्यक्ति, समाजमा पारस्पारिक सम्बन्ध र सम्मानको स्थिति निर्माण गर्ने भएकोले सकेसम्म सबैले सहभागिता जनाउने र सहयोग पु¥याउनु पर्दछ ।’ कविता काव्य केही होइन, यो किन पढ्नुपर्छ ? यसले हामीलाई के दिन्छ र ? भन्नेहरूप्रति लक्षित गर्दै उहाँले असल र सुन्दर काव्यको श्रवण र अध्ययनले हाम्रो शरीर र मनलाई स्वस्थ राख्दछ र त्यसैबाट अर्थात स्वस्थ शरीरबाट नै आर्थिक आर्जन गरिन्छ, भन्नुभयो । शरीर नै सबै थोक हो भन्नुहुँदै प्राध्यापक उपाध्यायले साहित्यले अमङ्गलको नाश गर्छ, मङ्गलकोे बाटोमा लाग्न प्रेरित गर्दछ, अर्काको हित भावना सोच्न बाध्य पार्दछ, भन्ने पनि बताउनुभयो । हृदय रोक केन्द्रबाट सुरु गरेर बूढानीलकण्ठमा आएर समापन गरिएको यो साक थोन दौडले जानी नजानी गम्भीर अर्थ दिने कुरा बताउनुहुँदै प्रमुख अतिथि प्रेक्षितले शारीरिक र मानसिक व्यायाको महत्व बुझेर नैै यसको संयोजन गरिएको हुनसक्छ, भन्नुभयो । कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै विशिष्ट अतिथि डा.शैलेन्दुप्रकाश नेपालले संसाक मासिक र साहियकार खेलकुद समाज नेपालद्वारा आयोजित साक थोन – २०७७ को ऐतिहासिक महत्व रहेको छ, भन्नुहुँदै कोभिड –१९ को महामारीको लामो श्रृङ्खला पार गरेर झण्डै एक वर्षपछि हामी एकत्रित हुन पाएकोमा धेरै खुशी छौँ, भन्नुभयो । उहाँले यस्ता कार्यक्रमले साहित्यकारहरूमाझ एकता, सद्भाव र मित्रताको विकास गर्छ भने अर्कातर्फ शारीरिक, मानसिक र बौद्धिक व्यक्तित्व विकासका लागि पनि मार्ग प्रशस्त गर्दछ भन्ने बताउनुभयो । घरभित्र बसेर साहित्य सृजनामा तन्मय रहने स्रष्टाहरूलाई खेलकुदमा सरिक गराएर सक्रिय र स्वस्थ बनाउने उद्देश्यका साथ यस किसिमका कार्यक्रम आयोजना गर्ने गरिएको हो, सबै स्रष्टाहरूको सदैव सहभागिताको पनि हामी अपेक्षा गर्दछौँ, डा.नेपालले भन्नुभयो । कार्यक्रमको अन्त्यमा सभापति रत्नप्रसाद श्रेष्ठ अनामणि र विशिष्ट अतिथि प्रा.डा.गार्गी शर्माले ‘स्वस्थ शरीर, स्वच्छ मन – निरोगी, दीर्घ जीवनको लागि साक थोन, २०७७ को हामी समापन गर्दछौँ’ भन्ने शद्वाणीको उच्चारण गरेर दौड अन्त्य भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ दिनेशराज पन्त, डा.सत्यराज थपलिया, डा.राधिका थपलिया, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, डा.समीरकुमार अधिकारी, चन्द्रा न्यौपाने, वियोगी बुढाथोकी, रामबहादुर पहाडी, डा.पुष्करराज भट्ट, होमनाथ थपलिया आदि विशेष अतिथिको रूपमा रहनुभएको थियो । सहभागिताको विविध पक्षलाई ध्यानमा राख्दै डा.शैलेन्दुप्रकाश नेपाल, रत्नप्रसाद श्रेष्ठ अनामणि र उमेश पाण्डेको रहेको निर्णायक समितिको निर्णय अनुसार यस वर्षको सहभागिताको लागि निम्न महानुभावहरूलाई सम्मानित गर्ने निर्णय गरिएको छ । १. टंकबहादुर बज्गाई खत्री, २. जसध्वज गुरुङ, ३. शारदा घिमिरे भैल, ४. सुशिला अधिकारी ढकाल र ५. शोभा भण्डारी । गत वर्षको प्रथम साक थोन–२०७६ का सम्मानितसहित यस वर्ष सम्मानित हुनुहुनेहरू सबैलाई संसाक मासिक तथा साहित्यकार खेलकुद समाज नेपालको निकट भविष्यमा हुने अर्को कार्यक्रममा सम्मान प्रदान गरिने कुरा कार्यक्रम संयोजक उमेश पाण्डेले जानकारी गराउनुभयो । कार्यक्रम संसाक मासिकको आयोजना, साहित्यकार खेलकुद समाज नेपालको सह–आयोजना र बूढानीलकण्ठ नगरपालिका, काठमाडौँको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन उमेश पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here