सलमान खानको फिल्म ‘वीर’का निर्माता विजय गलानीको निधन

१५ पुस, काठमाडौं । सुपरस्टार सलमान खानको फिल्म ‘वीर’का निर्माता विजय गलानीको बुधबार राति निधन भएको छ । निर्माता विजयको लण्डनमा आकस्मिक निधन भएको बताइएको छ ।

जानकारी अनुसार केही समयअघि मात्रै क्यान्सरको उपचारका लागि विजय गलानी लण्डन गएका थिए ।

frontline

इ–टाइम्सको रिपोर्टका अनुसार विजय गलानी केही दिनअघि लण्डन गएका थिए । उनलाई केही महिनाअघि मात्रै क्यान्सर भएको थाहा पाएपछि उनी उपचारका लागि लण्डन पुगेका थिए । चिकित्सकको हर प्रयासमा पनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

रमेश तौरानीद्वारा दुःख व्यक्त

विजय गलानीको निधनप्रति अर्का निर्माता रमेश तौरानी गहिरो दुःख ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा विजयको तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘धेरै दूर्भाग्यपूर्ण र दुःखको कुरा, मेरा प्रिय साथी विजय गलानी अब हामीमाझ रहेनन् ।

भगवान उहाँको आत्माको शान्ति दे । उहाँको परिवार र साथीहरूलाई समवेदना । ओम शान्ति ।’

विजय गलानी बलिउडका एक सफल निर्माता मानिन्छन् । उनले धेरै सुपरहिट फिल्महरु बनाएका थिए । उनले सन् १९९२ मा सलमान खानको फिल्म ‘सूर्यवंशी’ निर्माण गरेका थिए ।

त्यस्तै उनले अक्षय कुमारको ‘अजनबी’ २००१ र त्यसपछि सलमान खानको ‘वीर’ २०१० निर्माण गरेका थिए ।

विजय गलानीले पछिल्लो पटक फिल्म ‘द पावर’ (२०२१) निर्माण गरेका थिए । यस फिल्ममा विद्युत जामवाल, श्रुति हसन, जाकिर हुसेन, प्रतिक बब्बर, सचिन खेडकर र जिशु सेनगुप्तालगायतका कलाकारहरू मुख्य भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here