क्यानबेरामा प्रदर्शनकारीद्वारा पुरानो संसद भवनमा आगजनी

१५ पुस, अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शनकारीले पुरानो संसद भवनमा आगजनी गरेका छन्।

बिहीबार आदिवासीहरुको स्वायत्तताको पक्षमा प्रदर्शन गरेकाहरुले पूर्वसंसद भवनमा आगजनी गरेका हुन्।

frontline

आगलागीमा कोही घाइते भएका छैनन्। पुरानो संसद भवनको प्रमुख द्वारमा क्षति पुगेको छ। अग्नि नियन्त्रकले केहीबेरमै आगो नियन्त्रणमा लिएका थिए।

अहिले ऐतिहासिक भवनका रुपमा प्रयोग गरिँदै आएको भवनमा कार्यरत कर्मचारीहरुलाई आगो लागेलगत्तै सुरक्षित रुपमा बाहिर निकालिएको थियो।

‘म्युजियम अफ अस्ट्रेलियन डेमोक्रेसी’ का रुपमा रहेको भवनमा डिसेम्बर २० मा आदिवासीहरुले प्रदर्शन गरेका थिए। त्यसपछि सो भवन बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here