बाग्मतीका पर्यटन मन्त्री श्रेष्ठलाई टानको शुभकामना

श्रोत : ईन्टरनेट

१५ पुस, काठमाडौं । ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले बाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई शुभकामना दिएको छ । 

टानका अध्यक्ष खुम बहादुर सुवेदीले मन्त्रीलाई शुभकामना दिँदै पर्यटन क्षेत्रले अहिले ब्यहोरिरहेका समस्याका विषयमा मन्त्रीलाई जानकारी गराए ।

frontline

उनले पर्यटन ऐन व्यवसायीमैत्री हुनुपर्ने, कोरोनाका कारण सिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुनुपर्ने र अहिलेको अवस्थामा व्यवसायीलाई हतोत्साहित हुने खालका व्यवस्था लागू गर्न नहुने बताएका छन् । 

उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले प्रदेशबाट विशुद्ध पर्यटन मात्रै हेर्ने मन्त्रालय पाउँदा खुशी लागेको बताएका छन् । 

टानका पुर्व अध्यक्ष एवम् पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले टान चलायमान संस्था भएकाले यसलाई नकारात्मक कोणबाट हेर्न नहुने बताएका छन् ।

टानले रिसर्च गर्ने, ट्रेकिङ, हाईकिङ्ग जस्ता सबै पर्वतीय पर्यटनमा प्रत्यक्ष जोडिने हुनाले टानलाई ऐन नियम निर्माण गर्दा सुझाव लिने संस्थाका रुपमा सरकारले हेर्नुपर्ने रिजालको भनाई छ । 

मन्त्री श्रेष्ठले टानको पर्यटन व्यवसायको हित हुने गरी काम गर्न प्रदेश सरकार तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here