जुन दिन काठमाडौं आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परीन

१५ पुस, काठमाडौं । नयाँ बसपार्कमा सामूहिक बलात्कारमा परेकी महिला सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी थिइन्।

उनी १२ गते बिहान काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमा गेष्ट हाउसमा बसेकी थिइन्। 

frontline

प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्। 

उनलाई १२ गते साँझदेखि १३ गते बिहानसम्म मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। उनीहरू वैदेशिक रोजगारीका लागि जाने तयारीमा थिए। 

पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढालगायत छन्। 

पक्राउ परेका सात जना मुगु जिल्लाका हुन् भने अर्का एक अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ। 

‘श्रीमान बेपत्ता भएपछि एकल रहेकी उनी काम खोज्न काठमाडौं आएकी थिइन्,’ मैनालीले भने। 

उनलाई सुरूमा युवराज बडुवालले फकाएर गेष्ट हाउसमा लगेका थिए। त्यसपछि पालैपालो अरू युवाले विभिन्न गेष्ट हाउसमा लगेका थिए। 

ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएको छ। 

बलात्कारमा परेको खबर महानगरीय प्रहरी प्रभाग बसपार्कमा पुगेको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो। 

प्रहरीले सिसिटिभी फुटेज अनुसन्धान गरी त्यसैका आधारमा आठ जनालाई पक्राउ गरेको मैनालीले बताए। अर्का एक आरोपी भने फरार छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here