सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले थप सहयोग गर्ने

१५ पुस, ललितपुर । ललितपुरस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले थप सहयोग गर्ने भएको छ । कोरोना संक्रमणका बेला चिडियाखाना बन्दा हुँदा महानगरले वन्यजन्तुको हेरचाहका लागि आर्थिक सहयोग गरेको थियो ।

बुधबार चिडियाखानामा परिसरमा आयोजित कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले ललितपुरको महत्वपूर्ण सम्पदाको रुपमा चिडियाखाना भएकाले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् ।

frontline

उनले चिडियाखानामा रहेका वन्यजन्तुको व्यवस्थापनमा कुनै कठिनाई भए महानगर थप सहयोग गर्न तयार रहेको बताए ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालादेखिको चिडियाखाना भएकाले महानगर जुनसुकै सहयोग गर्न तयार छ,’ मेयर महर्जनले भने ।

उनले व्यवस्थापन गर्न धेरै खर्च लाग्‍ने वन्यजन्तुको सम्पूर्ण खर्च उठाउन पनि महानगरले अभिभावक्त्व लिन पनि तयार भएको बताए ।

‘ललितपुर महानगर यो चिडियाखानामा रहेको महँगो एनिमल एडप्ट गर्न तयार छ । म महानगरपालिकाको रातो किताबमा बजेटको व्यवस्था मिलाइदिन तयार छु । तपाईंहरु प्रस्ताव लिएर आउनुहोला,’ उनले भने ।

जवालाखेल आसपासमा हुने ठूला सांगितिक कार्यक्रमले ध्वनि प्रदूषण बढाउने र त्यसबाट वन्यजन्तुलाई असर गर्ने भएपछि महानगरले चिडियाखाना आसपासका क्षेत्रमा सांगितिक कार्यक्रम निषेध गरेको पनि उनले बताए ।

ललितपुर महानगरपालिकाले वन्यजन्तु स‌ंरक्षणको क्षेत्रमा कुनै कार्यक्रम छैन । महानगरमा चिडियाखानामा मात्रै रहेकाले पनि आफूहरु सहयोग गर्न तयार रहेको मेयर महर्जनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here