माओवादी महाधिवेशनको बन्दसत्रमा ‘प्रचण्ड युग’ घोषणा गर्ने प्रस्ताव

१४ पुस, काठमाडौं । राजधानीमा जारी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ‘प्रचण्ड युग’को घोषणा गर्ने प्रस्ताव आएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा बुधबार वागमती प्रदेशका टोली नेता सरल सहयात्रीले प्रचण्ड विचार र प्रचण्ड युग घोषणाको प्रस्ताव राखेका हुन् ।

frontline

प्रचण्डले आफ्नो प्रस्तावमा पार्टीमा छलफल नगरी प्रचण्डपथ स्थगित गर्नु गल्ती भएको स्वीकार गरेका छन्, तर प्रचण्डपथ र २१औं शताब्दीको जनवादलाई २१औं शताब्दीको समाजवादको विचार बताउने सन्दर्भ सामग्रीका रुपमा मात्र लिइने बताएका छन् ।

समूहगत छलफलको निष्कर्ष पेश गर्दै सहयात्रीले भने प्रचण्डपथलाई अपग्रेड गरेर प्रचण्ड विचार भन्नुपर्ने बताएका छन् । ‘

माओवादी आन्दोलनका क्रममा विकसित गरेका समग्र विचार श्रृङ्खलालाई संश्लेषण गरेर प्रचण्ड विचार भनौं,’ उनले भनेका छन् ।

वागमती प्रदेशका अध्यक्षसमेत रहेका सहयात्रीले अहिलेको समयलाई प्रचण्ड युग घोषणा गनुपर्ने उनको प्रस्ताव छ ।

माओवादी आन्दोलनले उठाएका एजेण्डाहरु गणतन्त्र, संघीयता, समानुपातिक समावेशीमा मुलुक हिँडिरहेको भन्दै उनले यो समयलाई प्रचण्ड युगका रुपमा परिभाषित गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here