सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

१४ पुस, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ ।

frontline

मंगलबार ९३ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ तोकिएको छ । महासंघले बुधबारका लागि चाँदीको खरिद बिक्री मूल्य तोलाको एक हजार दुई सय ६० रुपैयाँ तोकेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here