इजरायलमा बर्ड फ्लूका कारण ५ हजार बढी जंगली पंक्षी मरे
१३ पुस, जेरुसेलम । उत्तरी इजरायलमा बर्ड फ्लूका कारण ५ हजारभन्दा बढी जंगली पंक्षी मरेका छन्।
बर्ड फ्लूका कारण नदी क्षेत्रमा पाइने जलेवा जस्तै क्रेन नामक पंक्षी मरेका हुन्।
आइतबारसम्म ५ हजारभन्दा बढी क्रेनहरु इजरायलको हुला लेक संरक्षण क्षेत्रभित्र मृत अवस्थामा फेला परेको टाइम्स अफ इजरायलले जनाएको छ।
पछिल्लो समय इजरायलमा फैलिएको बर्ड फ्लूका कारण करिब १ लाखको संख्यामा कुखुरा र टर्की मरेको बताइएको छ।
ठूलो संख्यामा क्रेन मर्नु निकै दुखद खबर भएको त्यहाँको चरा संरक्षण विभागले बताएको छ।
हरेक वर्ष १० हजारभन्दा बढी संख्यामा क्रेनहरु अफ्रिका र दक्षिण अमेरिकाबाट इजरायलको सो क्षेत्रमा पुग्ने गर्छन्। सो क्षेत्रबाट क्रेन अर्को ठाउँ यात्रा गर्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस्