अमेरिकामा हिम तुफानले जनजीवन प्रभावित
१३ पुस, क्यालिफोर्निया । अमेरिकाको पश्चिमी र उत्तरी राज्यहरुमा हिम तुफानले जनजीवन प्रभावित बनेको छ।
विगत २४ घण्टामा करिब ७६ सेन्टिमिटर हिमपातसँगै हिम तुफान आएपछि त्यहाँको जनजिवन प्रभावित बनेको हो।
क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी हिमपात भएको र हिमपातसँगै आएको हिम तुफानले विद्युत अवरुद्ध बनेको बताइएको छ।
विद्युत् अवरुद्ध हुँदा त्यहाँका हजारौ बासिन्दा अन्धकारमा बस्नुपरेको बताइएको छ। हिमतुफानका कारण सो क्षेत्रको बाह्य भिजिविलिटी शुन्य रहेको र चिसो अत्याधिक बढेको बताइएको छ।
हिम तुफानपछि पश्चिमी र उत्तरी अमेरिकाका ६ वटा राज्यहरुमा हिमपहिरो खस्ने चेतावनी दिइएको अधिकारीहरुले बताएका छन्।
त्यहाँको मौसम विभाग नेसनल वेदर सर्भिसले रेनो, नाभेडालगायत क्षेत्रमा सोमबारसम्म हिमतुफान जारी रहने चेतावनी दिएको छ।
सो विभागले स्थानियलाई घरबाहिर ननिस्कन र यात्रा नगर्न सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस्