विदेश जाने व्यक्तिलाई जोनसनको खोप दिने व्यवस्था
१२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै एक डोज मात्रै लगाए हुने जोनसन एण्ड जोसन खोप विदेश जाने सबैलाई दिने जनाएको छ।
मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।
खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्