जनमत पार्टीका कार्यकर्ताले ट्रकमा आगजनी

फाइल तस्बिर

११ पुस, जनकपुरधाम । मल लुटेको भन्दै किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक ट्रकमा आगजनी गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ ।

frontline

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको भन्दै आगजनी गरेका हुन् ।

आगजनीबाट ट्रकको अधिकांस भाग जलेको छ ।

यस्तै, बन्दको उल्लंघन गरेर चलाएको भन्दै उनीहरुले १० वटा जति सवारीसाधन तोड्फोड गरेका छन् । ‘

अहिलेसम्म १० वटा गाडीमा तोडफोड भएको जानकारीमा आएको छ’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।

किसानले गहुँ लुटेको आरोपमा प्रहरीले चारजनाविरुद्ध मुद्दा दायर गर्दै एक जनालाई पक्राउ गरेपछि किसान र जनमत पार्टीले आइतबार एक दिनका लागि सिरहा जिल्ला बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here