वैदेशिक रोजगारीमा जाने नेपालीलाई जोन्सन एन्ड जोन्सनको खोप

१० पुस, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपालीलाई सहजरुपमा कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई उपत्यकाका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो।

frontline

वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन्।

वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरुले एक डोजमात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसमक्ष आग्रह गरेका थिए।

श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना भाइरस विरुद्धको खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकालाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेका थिए।

जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरिएको छ। 

नेपालमा कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडेर्ना खोप  लगाइएको छ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार, हालसम्म खरिद र अनुदानको गरी ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज प्राप्त भइसकेको छ।

थप, १ करोड ८० लाख डोज प्राप्त गर्ने क्रममा छ। १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको छ।

बाँकी, २ करोड २९ लाख ९० हजार ३ सय ६७ डोज खोप अनुदानमा प्राप्त भएको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here