माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा
९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनका एजेन्डामाथि छलफल जारी रहेको जनाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल भइरहेको जनाइएको छ ।
यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा माओवादीले राष्ट्रिय सम्मेलन गर्दैछ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले सुझाव दिने र सुझावको आधारमा प्रचण्डले प्रतिवेदनलाई आवश्यक परमार्जन गर्ने तयारी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्