बेल्जियममा नेपाली समुदायमाझ लघु चलचित्र ‘दानब’ सार्बजनिक

श्रोत : ईन्टरनेट

७ पुस, ब्रसेल्स । युरोपको मुटु मानिने बेल्जियमको लुभेन शहरमा नेपाली समुदायमाझ लघु चलचित्र ‘दानब’ सार्बजनिक गरिएको छ ।
बेल्जियममा बसोबास गरिरहेका नेपाली सिने क्षेत्रका स्थापित कलाकारहरूले ब्यस्त समयलाई निकालेर आफ्नै लगानीमा चलचित्र निर्माण गरेका हुन् ।

युरोपमा ‘लिभिङ टुगेदर’को परम्परालाई व्यंग्य गर्दै नेपाली युवा पुस्तालाई यस्तो विकृतिमा नलाग्न र आफ्नो संस्कृति परम्परालाई निरन्तरता दिन प्रेरित गर्ने सन्देश बोकेको लघु चलचित्र ‘दानव’ को रहेको छ ।

frontline

झुठो प्रेमको मायाजालमा फसाई ‘लिभिङ टुगेदर’को माध्यमबाट महिलाको शोषण गर्ने गरिएको कथाले दिन खोजेको सन्देश रहेको छ ।

झन्डै आधा घन्टाको सो चलचित्रको निर्माण, व्यक्तिगत लगानीमा सीमित जनशक्तिका बाबजुद कडा परिश्रमले फिल्म बजारमा ल्याउन सकिएको कलाकार, निर्माता एवं निर्देशक रफि शाहले प्रिमियर सो पछि बताए ।

बेल्जियमको शैक्षिक नगरी लुभेन शहरमा छायाङ्कन गरिएको उक्त लघु चलचित्र आशुतोष फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको छ ।

नेपालीहरूको बाक्लो उपस्थिति रहेको बेल्जियममा निर्मित चलचित्रमा नेपाली सिने जगतका प्रख्यात कलाकार नायिका पार्वती अधिकारी र नायक ध्रुव दत्तको मुख्य भूमिका रहेको छ, भने अन्य कलाकारहरूमा चर्चित नायिका वर्षा खड्का र रफी शाह, यशु थापा, चिरन खवासलगायतको भूमिका रहेको छ ।

बेल्जियम र नेदरल्यान्डमा बसोबास गर्ने नेपाली कलाकारहरूले चलचित्रमा विभिन्न भूमिकामा प्रस्तुति दिएका छन् ।

निर्देशक रफि शाह कै कथा लेखनमा बनेको उक्त चलचित्रको छायाङ्कन राजु अधिकारीले गरेका हुन्, भने सहायक निर्देशन र छायांकन चर्चित भिडियोग्राफर चिरन खवासले गरेका छन् ।

बेल्जियममा बसेर पनि नेपाली कला संस्कृतिलाई जीवन्त बनाई राख्न आफूहरुले निरन्तरता दिएको सहायक निर्देशक खवासले बताए ।

टिमको व्यस्त समयका बाबजुद चलचित्र बनाइएकोले आफ्नो टिम उत्साहित भएको जानकारी दिदै अर्को चलचित्र निर्माणको सम्पूर्ण तयारी पूरा भएको खवासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here