यूएई ओमिक्रोनको त्रासबीच ह्वात्तै बढे कोरोना संक्रमित

६ पुस, काठमाडौं । संयुक्त अरब इमिरेट्समा निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्टको त्रासबीच कोभिड-१९ का संक्रमित ह्वात्तै बढेका छन् ।

अधिकारीहरूले २४ घण्टाभित्र ५० प्रतिशतले कोभिड-१९ का संक्रमित बढेको बताएका छन् ।

frontline

मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)को स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५२ जना नयाँ संक्रमित थपिएको बताएको छ ।

यूएईमा सोमबार ३०१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज ५० प्रतिशतले बढेर दैनिक संक्रमितको संख्या ४५२ पुगेको हो ।

मंगलबार थपिएका दैनिक संक्रमितको संख्या सेप्टेम्बर २५ यताकै धेरै हो । यूएईमा सेप्टेम्बर २५ मा ३२१ नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको र १९८ जना संक्रमणमुक्त भएको मन्त्रालयको भनाइ छ ।

यूएईले डिसेम्बर १ गते नयाँ ओमिक्रोन भेरियन्टबाट एकजना संक्रमित भएको जानकारी गराएको थियो ।

तर मन्त्रालयले आज थपिएका संक्रमितमध्ये ओमिक्रोनका संक्रमित कति छन् भनेर केही खुलाएको छैन ।

ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेका बेला यूएईमा समेत सतर्कता अपानाउन थालिएको छ ।

सरकारले मानिसहरूलाई क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अत्यधिक भीडभाड नगर्न भनेको छ ।

साथै, कोभिड खोप लगाएका मानिस मात्रै जनवरी ३ देखि सरकारी कार्यालयमा प्रवेश गर्न पाउने नियम लागू गरिएको अलअरेबिया डट नेटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here