जापानी अर्बपति मेइजवा अन्तरिक्ष यात्रापछि पृथ्वीमा फर्किए

६ पुस, टोक्यो । जापानी अर्बपति एवं फेसन टाइकुन युसाकु मेइजवा सकुशल पृथ्वीमा फर्किएका छन्।

करिब १२ दिनको अन्तरिक्ष यात्रापछि उनी सोमबार सकुशल पृथ्वीमा फर्किएका हुन्।

frontline

४६ वर्षीय मेइजवाले १२ दिनपछि काजकिस्तानमा अवतरण गरेको बताइएको छ।

युसाकु १२ दिनअघि अन्तरिक्ष पर्यटकको रुपमा इन्टरनेसनल स्पेस स्टेशनको यात्रामा गएका थिए।

उनी रसीयन सोयुज स्पेसक्राफ्टमार्फत् आफ्ना म्यानेजर र रुसी अन्तरिक्ष यात्रुसँगै सो यात्रामा गएका थिए।

युसाकुले सो यात्रामा कम्तीमा ७१ युरो मिलियन खर्च गरेको हुनसक्ने अनुमान गरिएको छ।

युकासु जोजो फेसन टाइकुनको रुपमा चिनिन्छन्।

  • जापान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here