अनावरण नहुँदै चोरी भएको लोककवि गणेशलाल श्रेष्ठको शालिक फेला

श्रोत : ईन्टरनेट

६ पुस, हेटौँडा । अनावरण नहुँदै चोरी भएको लोककवि गणेशलाल श्रेष्ठको शालिक फेला परेको छ।

चोरी भएको शालिक भिमफेदी-६ चिसापानी पुल नजिक फोहोर फाल्ने स्थानमा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

frontline

भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि राखिएको लेखक तथा श्रष्टा श्रेष्ठको अर्धकदको सालिक पुस ३ गते राति चोरी भएको थियो।

शालिकलाई ईलाका प्रहरी कार्यालय भिमफेदीमा सुरक्षित राखिएको जनाइएको छ। कवि श्रेष्ठको शालिक आइतवार बिहान अनावरण गर्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here