इन्द्रेणी कम्प्लेक्समा आगलागी, तीन करोड ५० लाख बढीको क्षति

५ पुस, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैटौं तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ।

आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।

frontline

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here