इरानमा समेत देखियो ओमिक्रोन

५ पुस, तेहरान  । इरानमा समेत ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ ।

युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा समाचार छ ।

frontline

त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ ।

इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको दुई डोज खोप लगाइसेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here