कमलो मन भएका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न सक्नु भएन : माधव नेपाल

५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन्न नसकेको बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई प्रचण्डले चिन्न नसकेको बताए ।

frontline

ओली प्रधानमन्त्री हुँदा २०७७ पुष ५ गते गरेको संसद विघटन गरेका थिए । र, त्यसै दिनलाई कालो दिन भन्दै बहस कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालले भने, ‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो ।

सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो । तर कमरेड प्रचण्ड सोझो हुनुभयो । अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने ।

भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ । केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्नु भएन ।

केपी ओली हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् । आधा आधा कार्यकाल । केपी ओली प्रधानमन्त्री हुने समय सकेपछि कसैले कुर्सी ताक्यो भने कुर्सी भाँचिदिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here