प्रदेश १ र बाग्मतीमा सर्वसम्मत हुन नसकेपछि चुनावमार्फत नेतृत्व चयन हुने

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ र बागमती प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सहमतिकै माध्यमबाट नेतृत्व र पदाधिकारी चयन गर्न निर्देशन भएको तापनि यी दुईवटा प्रदेशमा भने कसैको नाममा पनि सहमति जुट्न सकेन ।

frontline

सर्वसम्म हुन नसकेपछि अब यी दुईवटा प्रदेशमा चुनावमार्फत नेतृत्व चयन हुने भएको छ । यसमा अध्यक्ष प्रचण्डले पनि चुनावमार्फत भए पनि नेतृत्व चयन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

गत मंसिर २५ र २६ गते विराटनगरमा प्रदेश १ को अधिवेशन भएको थियो । प्रदेश अध्यक्षसहित पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे तापनि पदाधिकारी भने सहमतिमार्फत चयन हुन नसकेको हो । प्रदेश अध्यक्षमा ६ जनाको दाबी परेको छ, तर सर्वसम्मत हुन नसकेपछि अब चुनावमा गएर टुंगाे लगाइने भएकाे छ ।

यस्तै बाग्मती प्रदेशमा मंसिर २५ मा सम्मपन्न अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको छ । तर प्रदेश अध्यक्ष र पदाधिकारीहरुको भने टुंगो लाग्न सकेको छैन ।

यसमा पनि सर्वसम्मतिका प्रयासहरु असफल भएपछि अब चुनावमार्फत नै नेतृत्व र पदाधिकारी चयन हुने भएको छ ।

बागमती प्रदेश नेतृत्व चयन गर्न आजै चुनावी प्रक्रिया सुरू हुँदैछ । स्राेतका अनुसार बिहान ११ बजे काठमाडाैमा रहेकाे अनुपम फुडल्यान्डमा बाग्मती प्रदेश नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुन लागेकाे हाे ।

बाग्मतीमा अध्यक्षका लागि देवीप्रसाद ढकाल (डीपी), दिनानाथ गौतम, विशाल खड्कालगायत आंकाक्षीले नाम अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here