सिभिलबाहेक सबै बैंकले घोषणा गरे लाभांश

५ पुस, काठमाडौं । सिभिलबाहेक सबै बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् ।

घोषित लाभांश मध्ये यस वर्ष पनि बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

frontline

सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो । यो बैंकमा सर्वसाधारण शेयरधनी नहुने भएकाले लाभांश घोषणा गर्दैन ।

बाँकी २६ बैंकहरु मध्ये सिभिल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । बाँकी सबै बैंकहरुले लाभांश घोषणा गरेका छन् ।

नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिँदै आएकोमा यस वर्ष गत वर्षकोभन्दा धेरै ३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।

मर्जरमा जानुअघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ । हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

तेस्रो नम्बरमा देखिएको कृषि विकास बैंकले १.०५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर गरेर २१ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

यसैगरी सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने नेपाल एसबीआई बैंक देखिएको छ । एसबीआई बैंकले १.८१ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस गरी ५.३१ प्रतिशत लाभांश दिने भएको छ ।

एभरेष्ट बैंकले भने हालसम्मकै कम लाभांश दिने घोषणा गरेको छ । एभरेष्टले ४.३२ प्रतिशत र ६ प्रतिशत बोनस शेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

तालिकामा हेर्नुहोस् कुन बैंकको लाभांश कति ?

सि.नं.बैंकको नामनगद लाभांशशेयर लाभांशकुल लाभांश (प्रतिशतमा)
१नबिल बैंक४.४३३.६३८
२हिमालयन बैंक४.६२२१.३८२६
३कृषि विकास बैंक१.०५२०२१.०५
४सानिमा बैंक०.८९१७१७.८९
५नेपाल बैंक३१४१७
६नेपाल इन्भेष्टमेन्ट बैंक३.३९१२.६११६
७सिटिजन्स बैंक३.०९१२.९११६
८प्राइम कमर्सियल बैंक०.६३१६१६.६३
९एनआईसी एशिया बैंक०.७९१५१५.७९
१०एनएमबी बैंक ३.३१२.५१५.८
११नेपाल बंगलादेश बैंक३.५१२१५.५
१२सिद्धार्थ बैंक०.७५१४.२५१५
१३माछापुच्छ्रे  बैंक०.७१३.३१४
१४बैंक अफ काठमाडौं४१०१४
१५ग्लोबल आईएमई बैंक३.५१०१३.५
१६स्टाण्डर्ड चार्टर्ड बैंक३.०६१०१३.०६
१७प्रभु बैंक०.६३१२१२.६३
१८मेगा बैंक००१२.०७१२.०७
१९लक्ष्मी बैंक३.५८११.५
२०एभरेष्ट बैंक४.३२६१०.३२
२१कुमारी बैंक२.६७६८.६७
२२एनसीसी बैंक०.४२८८.४२
२३सनराइज बैंक०.३५६.६५७
२४सेञ्चुरी कमर्सियल बैंक०.३०५.७५६.०५
२५नेपाल एसबीआई बैंक१.८१३.५५.३१
२६सिभिल बैंकबाँकीबाँकीबाँकी
२७राष्ट्रिय वाणिज्य बैंक००००००

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here