एमालेद्वारा संसदमा जारी अवरोध हटाउन सभामुखले राजीनामा दिनुपर्ने अडान

श्रोत : ईन्टरनेट

३ पुस, काठमाडौं । नेकपा एमालेले संसदमा जारीअवरोध हटाउन सभामुखले राजीनामा दिनुपर्ने अडान राखेको छ ।

हालै भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले अहिले संघीय संसदमा देखिएको अवरोध हटाउने हो भने सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान सार्वजनिक गरेका हुन् ।

frontline

‘हामीले कारबाही गरेका १४ सांसदबारे अदालतमा मुद्दा चलिरहेको छ । तर, तीनै सांसद राखेर संसद चलाइएको छ, त्यसलाई हामी कुनै हालतमा स्वीकार्दैनौँ,’ उनले भने, ‘संसदमा केही महिनादेखि जारी गतिरोधसँग जोडिएका विषयमा हामीले आफ्ना कुरा पहिले नै राखेका छौं ।

यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ । सभामुखले कमजोरी नसच्याएसम्म संसद अघि बढ्न सक्दैन । अवरोध जारी रहन्छ ।’

उनले एमालेले कारबाही गरेका सांसदहरुको मुद्दामा सर्वोच्चले पनि निर्णय नदिएको र सभामुखले पनि आफ्नो गल्ति स्वीकार नगरेको आरोप लगाए ।

सभामुख अग्नि सापकोटाले नेकपा एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमाले संसदहरुले बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here