ओमिक्रोनको त्रास : इजरायलले लगायो बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध

३ पुस, काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढेको भन्दै इजरायलले बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ ।

साथै मुलुकभित्रका नागरिकलाई ती देशको यात्रामा जान पनि प्रतिबन्ध लगाइएको छ ।

frontline

ओम्रिकोन संक्रमण बढेको भन्दै इजरायलले गत महिनादेखि नै सीमानाका बन्द गर्दै आएको छ ।

उसले हालै मात्र पूूर्णखोप लगाएका व्यक्तिलाई भने प्रवेश अनुमति दिएको थियो ।

उक्त प्रतिबन्ध आगामी बुधबारदेखि लागु हुने बताइएको छ । विदेशबाट फर्केका इरायलीहरुलाई भने १५ दिनको अनिवार्य क्वारिन्टिनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here