एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान

श्रोत : ईन्टरनेट

३ पुस, काठमाडौं । एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा प्रधानलाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो । 

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष यस विधामा ३० बढीको आवेदन प्राप्त भएको थियो । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको छ ।

frontline

गुणकेशरी प्रधान मानन्धर नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । नेपालको आईटी क्षेत्रमा ३५ वर्ष लामो योगदान गरेकी प्रधानसँग नेपाल टेलिकम र सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष काम गरेको अनुभव छ ।

उनको करियर नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा शुरू भएको थियो ।

प्रधानले आईसिटी क्षेत्रमा करियर बनाउन युवा र महिलालाई उत्प्रेरित गरिरहेकी छन् । विभिन्न किसिमका सूचना प्रविधि सम्बन्धि जनचेतना कार्यक्रम र आधारभूत कम्प्युटर कोर्षमा समेत उनी सक्रिय छिन् ।

प्रधान अहिले वुमन इन इन्फर्मेसन टेक्नोलोजीको अध्यक्ष तथा क्यान महासंघको सदस्य छन् ।

यसअघि उनले नेपाल टेलिकमको निर्देशक पदमा समेत काम गरिसकेकी छन् । प्रधान हाल नेपाल टेलिकमबाट अवकाश पाइसकेकी छन् । प्रधान नेपाल इन्जिनियरिङ एशोसिएसन र मित्र कुञ्जकी आजिवन सदस्य समेत हुन् ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here