रोकिराखेको बसमा अचानक आगलागी, जलेर पूर्ण रुपमा क्षतिग्रसत

श्रोत : ईन्टरनेट

२ पुस, वीरगञ्ज । वीरगञ्जमा रोकिराखेको स्कुल बसमा अचानक आगलागी हुँदा बस जलेर पूर्ण रुपमा क्षतिग्रसत भएको छ।

बिहीबार दिउँसो चार बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको गोल्डेन गेट एकेडमीको स्कुल बसमा आगलागी भएको थियो।

frontline

बिग्रेर नेपाल आयल निगमको कार्यालय अगाडि रोकिराखिएको ना २ क ३७५ नम्बरको बसमा बसको तार सर्ट भएर आगलागी भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

आगलागीबाट बस पूर्ण रुपले जलेर नष्ट भएको उनले बताए। आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्र,प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको तथा मानवीय क्षति नभएको खनालले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here