बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१ पुस, झापा । झापाको कनकाई नगरपालिकामा बस र मोटरसाइकल एक आपासमा ठोक्किँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका- ७ दुर्गापुरस्थित पुर्व-पश्चिम राजमार्गमा बुधबार बेलुका ७ः४० बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ७९३७ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक ईलाम जिल्ला रोङ गाउँपालिका ६ बस्ने बर्ष ३३ को सन्तोष राई र पछाडी सवार सोहि स्थान बस्ने बर्ष अन्दाजी ३५।४० को चन्द्र बहादुर राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

frontline

दुर्घटनामा परी घाइते भएका उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता बस चालक ईलाम चुलाचुली गाँउपालिका २ बस्ने बर्ष ३१ को सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुशन्धान अगाडी बढाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here