कांग्रेस महाधिवेशन : उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काको अग्रता

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा जारी मतगणनाकै क्रममा सार्वजनिक गरिएको पहिलो पटकको मतपरिणामअनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

frontline

यस्तै, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here