कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ ।

पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

frontline

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।

मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here