साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपाल श्रीलंकाबीच प्रतिस्पर्धा

२९ मंसिर, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

frontline

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ । नेपाल १ खेलबाट १ अंक मात्र जोडेर चौथो स्थानमा छ ।

तेस्रो खेल खेल्न लागेको श्रीलंका यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । श्रीलंका अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।

श्रीलंका यसअघि भुटान र भारतसँग समान ५-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here