काबुलमा वायु प्रदुषणले सीमा नाघ्यो

२७ मंसिर, काबुल । अफगानिस्तानको राजधानी काबुलमा वायु प्रदुषणले सीमा नाघेको छ। वायु प्रदुषणले आइतबार खराब अवस्था पार गर्दै गम्भीर अवस्था नाघेको हो।

काबुलका सरकारी एवं निजी अस्पतालका स्वास्थ्यकर्मीहरुले दुषित वायुका कारण स्वासप्रश्वासका बिरामी बढेको बताएका छन्।

frontline

बढ्दो वायु प्रदुषणप्रति अफगानिस्तानको तालिवान सरकारले चिन्ता व्यक्त गरेको बताइएको छ।

काबुल नगरपालिकाले सबै स्थानीयलाई वायु प्रदुषण घटाउन सहकार्य गर्नुपर्ने बताएको छ। संसारका वायु प्रदुषित सहरमध्ये काबुल १०औं खराब वायु भएको सहरमा पर्ने गर्छ।

अफगानिस्तानका बासिन्दाले जाडोयाममा दाउरा र अन्य जैविक इनधनको खपत बढी गर्ने भएकाले त्यहाँको वायु खराब बन्ने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here