ओमिक्रोनको नयाँ रुप भेटियो

२४ मंसिर, अष्ट्रेलिया ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ रुप भेटिएको छ । दक्षिण अफ्रिका, क्यानडा र अष्ट्रेलियामा ओमिक्रोनको नयाँ रुप भेटिएको हो ।

पीसीआर परिक्षण गर्दा ओमिक्रोनमा एस जीन म्युटेसन देखिन्थ्यो । तर नयाँ रुपमा पीसीआर परिक्षण गर्दा एस जीनको म्युटेसन नदेखिएको साइन्स अलर्टमा समाचार छ ।

frontline

एस जीन परिक्षणबाट ओमिक्रोन भाइरस पत्ता लाग्दै आएको थियो । ओमिक्रोनमा एस जीन देखिन छाडे पछि ओमिक्रोन हो /होइन भन्ने पत्ता लगाउन कठिन भएको वैज्ञानिकहरुले बताएका छन् ।

यसले ओमिक्रोनका धेरै रुपहरु भएको पुष्टी गर्ने वैज्ञानिकहरुको दावी छ । अब पीसीआर परिक्षणबाट ओमिक्रोन भाइरस पत्ता लगाउन कठिन हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here