बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ

२३ मंसिर, लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ। उनकी श्रीमती क्यारिले दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी छन् ।

उनले बिहीबार बिहानै लण्डन अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । क्यारिले यसअघि सन् २०२० अप्रिलमा बिहेपूर्व पहिलो छोरी जन्माएकी थिइन् ।

frontline

प्रधानमन्त्री बोरिस दम्पतीले आफूहरुले स्वस्थ्य बच्चा पाएको बताएका छन् । हाल प्रधानमन्त्री बोरिसकी श्रीमतीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताइएका छन् ।

बेलायतको प्रधानमन्त्री निवासको कार्यालयभित्र खुलेआम लिभिङ टुगेदरमा बस्ने बोरिस दम्पती पहिलो अविवाहित जोडि हुन् ।

५७ वर्षीय प्रधानमन्त्री बोरिस र ३३ वर्षीया क्यारि सन् २०२१ मेमा विवाह बन्धनमा बाँधिएका थिए ।

बोरिस क्यारिका पहिलो श्रीमान हुन् भने क्यारि बोरिसकी तेस्रो श्रीमती हुन् । बोरिसले अघिल्ला श्रीमतीबाट पाँच सन्तान पाएको एबीसी न्युजमा खबर छ ।
प्रधानमन्त्रीको कार्यालयमा हुँदा सन्तान सुख पाउने बोरिस चौथो प्रधानमन्त्री हुन् । यसअघि डेभिड क्यामरुन, टोनी ब्लयेरले समेत प्रधानमन्त्री पदमा छँदा सन्तान सुख प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here