माओवादीद्वारा पार्टीका ३३ केन्द्रीय विभाग गठनसँगै जिम्मेवारी बाँडफाँड

२३ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठनसँगै जिम्मेवारी बाँडफाँड गरेको छ ।

विभागसँगै नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि उक्त प्रतिष्ठानको प्रमुख र उपप्रमुख कस्लाई राख्ने निर्णयण् भएको छैन ।

frontline

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कूल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन् ।

अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुने पाएका छन् । यस्तै, विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् ।

अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ भने उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here