‘ए’ डिभिजन लिगमा शेर्पा र पुलिस क्लबको बराबरी

फाइल तस्बिर

२२ मंसिर, काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो ।

frontline

खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी एरियाको ठीक बाहिरबाट विश्वासले पोस्टको जाली चुमाए ।

दोस्रो हाफमा आक्रामक देखिएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका जीवन गुरुङ चुनिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here