चीनले मौसम नियन्त्रण गरेको खुलासा

२१ मंसिर, बेइजिङ ।  चिनियाँ मौसम अधिकारीहरुले सफलतापूर्वक चीनको मौसम नियन्त्रण गरेको खुलेको छ। देशको मुख्य राजनीतिक समारोहका लागि मौसम अनुकूल बनाउन मौसमविद्हरु सफल भएको एक अध्ययनले खुलाएको हो।

यस वर्षको सुरुवात अर्थात् जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीले मुख्य राजनीतिक समारोह आयोजना गरेको थियो। तियनामेन स्क्वायरमा आयोजित सो समारोहमा १० हजारभन्दा बढी मानिसहरु सहभागी बनेका थिए।

frontline

मौसम खराबीका कारण सो समारोह बिग्रन नदिन र समारोहको दिन आकाश सफा बनाउन त्यहाँको मौसम नियन्त्रणमा राखिएको बेइजिङ युनिभर्सिटीको एक अध्ययनले खुलासा गरेको छ।

सिंघाउ युनिभर्सिटीको अध्ययनअनुसारसमारोह सुरु हुनुभन्दा एकघण्टा अघि नै मौसमविद्हरुले सो क्षेत्रको बादल अन्यत्र पठाएका थिए भने मौसम खराब हुनबाट रोक्न सफल बनेका थिए।

चीन सरकारले क्लाउड सिडिङ टेक्नोलोजिबाट मौसम नियन्त्रण गर्ने गरेको बताइएको छ। चीनले सन् २००८ को ओलम्पिक्समा सो टेक्नोलोजी प्रयोग गरेको थियो। जसमा कम्तीमा खर्बौ डलर खर्च गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here