भारतमा एकैदिन ओमिक्रोन सङ्क्रमित पाँच गुनाले बढे, नेपालमा चिन्ता

२० मंसिर, एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन् ।

frontline

पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या ४ बाट २१ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय बताएको छ। सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ ।

डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दापनि सङ्क्रामक भएको बताएकी छन् ।

नेपालमा चिन्ता
दक्षिणी छिमेकी भारतमा लगालग ओमिक्रोन सङ्क्रमित फेला परेपछि त्यसले नेपालमा पनि चिन्ता बढाइदिएको छ ।

ओमिक्रोन भित्रिन सक्ने आशङ्काका माझ पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टरका रूपमा अर्को मात्रा खोप दिने बारेमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बताएका छन् ।

कस्ता व्यक्तिलाई दिने र कहाँबाट शुरू गर्ने भन्नेबारे मन्त्रालयले एउटा संयन्त्र बनाएर तयारी सकेलगत्तै बुस्टर मात्रा दिन शुरू गरिने मन्त्री विरोध खतिवडाले बीबीसीलाई बताए।

हालसम्म नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरू कूल जनसङ्ख्याको २८ प्रतिशत मात्र छन् ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here