रुसी राष्ट्रपति पुटिन एकदिने भ्रमणका लागि भारत पुग्दै

२० मंसिर, नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लाद्मिर पुटिन एकदिने भ्रमणका लागि सोमबार भारत जाँदै छन्  । 

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको प्रत्यक्ष भेटवार्ताका लागि उनी भारत पुग्न लागेका हुन् ।

frontline

रुस–भारतको २१ औं वार्षिक सम्मेलनका अवसरमा राष्ट्रपति पुटिन र मोदीबीच भेटवार्ता हुन लागेको बताइएको छ ।

यसअघि दुई नेताबीच सन् २०१९ नोभेम्बरमा ब्रिक्स सम्मेलनको अवसरमा ब्राजिलमा भेट भएको थियो ।

कोभिड १९ को नयाँ भेरियन्टले पुटिनको भ्रमणलाई केहि प्रभावित बनाउने भारतीय मिडियामा खबर छ । 

सो वार्ताको मुख्य मुद्दा एस–४०० डिफेन्स प्रणाली आपूर्तिको रहने बताइएको छ ।

भारतीय मिडियाका अनुसार पुटिन र मोदीको सो भेटलाई महत्वपूर्ण भेटको रुपमा लिइएको छ ।

रुस र भारतको सो भेटवार्तामा सैन्य सहकार्यसहित विभिन्न १० वटा सम्झौतामाथि अन्तिम निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here