डार्फुरमा दुई समुदायबीच झडप हुँदा २४ जनाको मृत्यु, ३५ जना घाइते
२० मंसिर, खार्तोम । सुडानको डार्फुर क्षेत्रमा दुई समुदायबीच झडप हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार अरबी र गैह्रअरबीबीच भएको झडपमा २४ जनाको मृत्यु भएको हो ।
झगडाको सुरुवात क्रिन्डिङ क्याम्पमा दुई व्यक्तिको आर्थिक मामिलाबाट भएको समाचारमा बताइएको छ । दुई व्यक्तिबीचको झगडा समुदायमा पुगेको हो ।
लडाकु भनेर पनि चिनिने अरब समुदायले आइतबार सबेरै क्याम्पमा आक्रमण गरेका थिए ।
उनीहरूले क्याम्पमा आक्रमण गरी धनमाल समेत लिएर गएका थिए । आक्रमणमा थप ३५ जना घाइते भएको बताइएको छ ।
आइतबार ‘ह्यास्ट्याग क्रिन्डिङ इज ब्लिडिङ’ ट्वीटरमा ट्रेन्डिङ परेको थियो । ट्वीटरमा ह्यास्ट्याग गर्दै मानव संहारको दर्दनाक फुटेजहरू पोस्ट गरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्