नेपालका लागि पूर्व राजदूत अलाइना बी टेप्लिज अमेरिकाको सहायक विदेश मन्त्रीमा नियुक्त

२० मंसिर, काठमाडौं । नेपालका लागि पूर्व राजदूत अलाइना बी टेप्लिजलाई अमेरिकाको सहायक विदेश मन्त्रीमा नियुक्त गरिएको छ ।

शनिबार राष्ट्रपति जो बाइडेनले नेपालका लागि पूर्व राजदूत टेप्लिजलाई अमेरिकाको सहायक विदेश मन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

frontline

उनलाई प्रशासनतर्फ सहायक विदेश मन्त्रीमा नियुक्त गरिएको हो ।

सन् २०१५ देखि २०१८ सम्म नेपालको राजदूत बनेकी टेप्लिजलाई हालै श्रीलंकाको राजदूतमा नियुक्त गरिएको थियो ।

उनी नेपालको राजदूत लगत्तै माल्दिभ्सको राजदूत बनेकी थिइन् ।

सन् १९९१ देखि अमेरिकी विदेश मन्त्रालयमा सेवा सुरु गरेकी टेप्लिजसँग विभिन्न मुलुकमा काम गरेको अनुभव छ ।

उनले २०११ देखि २०१२ सम्म काबुलस्थि अमेरिकी दूताबासमा मिनिस्टर काउन्सिलको रुपमा समेत काम गरेकी थिइन् ।

त्यस्तै उनीसँग बंगलादेश, माल्दिभ्स र नेटो गठबन्धनमा काम गरेको अनुभव पनि छ ।

जर्ज टाउन युनिभर्सिटी स्कुल अफ फरेन सर्भिसबाट स्नातक गरेको टेप्लिजका २ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here