बाजुरामा अटोरिक्सा दुर्घटना, दुईको मृत्यु, दुईजना घाइते
१९ मंसिर, बाजुरा । बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सदरमुकाम मार्तडीदेखि अमकोट जाँदै गरेको अटो आइतबार बेलुका बडीमालिका नगरपालिका–८ को सुवाकाधमा सडकबाट भिरमा २ सय मिटर तल बुढीगंगा नदीमा खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ अमकोटका ६० वर्षीय खगेन्द्र पाध्याय र अन्दाजी ५२ वर्षीय प्रकाश नेपाली रहेका प्रहरीले जनाएको छ।
पाध्याय अम्कोट जनप्रभाव प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक समेत हुन् भने प्रकाश नेपाली नेकपा एमाले बुढीगंगा नगर कमिटीका सदस्य हुन्।
घाइतेको पहिचान हुन सकेको छैन। अटो चालक फरार छन्।
घाइतेहरूको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउदले बताए ।
प्रतिक्रिया दिनुहोस्