मलको चरम अभाव, उपलब्ध गराउन नसक्नु सरकारको ‘लाचारी’

१७ मंसिर, काठमाडौं । गहुँ खेतीका लागि किसानले खनजोत गरिरहेका छन्। तर, बजारमा डीएपी मलको चरम अभाव छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि ६० हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ।

सरकारसँग मौज्दात १५ हजार मेट्रिक टन मात्रै छ। १० हजार मेट्रिक टन विदेशबाट आउने क्रममा छ। बाटोमा रहेको मल आइपुगे पनि यो वर्ष २५ हजार मेट्रिक टन मात्र मल किसानले पाउनेछन्। किसानले मागको आधा पनि मल नपाउने अवस्था छ।

frontline

कृषि मन्त्रालय र मातहतका निकायहरू गहुँखेतीलाई आवश्यक मल उपलब्ध गराउन नसकिने ‘लाचारी’ व्यक्त गर्न थालेका छन्। कोभिडका कारण उत्पादक कम्पनीले नै कम उत्पादन गरेको र अन्तर्राष्ट्रिय बजारमै मलको भाउ बढेकाले पयाप्त खरिद गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

कृषिमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्तमात्रामा मल खरिद गर्न नसकेको बताए। मलसम्बन्धी खरिद ऐन पुरानो भएकाले पनि खरिद गर्न कठिनाइ भएको हो।

किसानहरूको आवश्यकताअनुसार मल आपूर्ति गर्न नसकिएको लिमिटेडका सूचना अधिकारी राजेन्द्र कार्कीले स्वीकारे। ‘मलको माग अधिक छ,’ कार्कीले भने, ‘गत वर्षको जति पनि मल आउन सकेको छैन।’ युरिया मलको भने अभाव छैन।

तर, डीएपी भने किसानको माग अनुरूप उपलब्ध गराउन नसक्ने कार्की बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here