विशाल संघर्षको लागि तयार हुन किमको निर्देशन

१७ मङ्सिर, सिओल । उत्तर कोरियाली नेता किम जोङ उनले विशाल संघर्षको लागि तयार हुन सबैलाई निर्देशन दिएका छन्।

रक्षा, कृषि र निर्माण क्षेत्रको विकासका लागि आगामी वर्ष विशाल संघर्षका लागि तयार हुन किमले सबैलाई निर्देशन दिएका हुन्।

frontline

स्थानीय मिडियामा बिहीबार प्रकाशित समाचार अनुसार देशमा जारी चरम आर्थिक संकटकाबीच रक्षा, कृषि र निर्माण क्षेत्रको तिब्र विकासका लागि सबैलाई तम्तयार हुन उनले सो निर्देशन दिएका हुन्।

उनले सो निर्देशन बुधबार साँझ वर्कर्स पार्टीको केन्द्रीय कमिटीसँगको बैठकमा सबैलाई सो निर्देशन दिएको बताइएको छ।

किमले सो सम्बन्ध अर्को बैठक आगामी महिनाको लागि तय गरेको समेत बताइएको छ।

उत्तर कोरियामा यतिबेला आर्थिक संकटसँगै खाद्यान्न र विद्युत् अभावको संकटसमेत चलिरहेको बताइएको छ।

सो संकटबाट तिब्ररुपमा उम्किन किमले सबैलाई सो निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here