बेलायतमा ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य

१७ मङ्सिर, लण्डन । बेलायतमा करिब ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य भएका छन्। करिब पाँच दिनअघि आएको अर्वेन आँधी कारण विद्युत अवरुद्ध हुँदा त्यहाँका ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य भएका हुन्।

उत्तरी इंगल्याण्ड र स्कटल्याण्डमा मात्र ३० हजार मानिस विद्युत् विना जीवन चलाइरहेको युरो न्युजमा खबर छ। यस हप्ता अर्वेन आँधीपछि परेको भारी हिमपात र हावाहुरीका कारण बेलायतका विभिन्न क्षेत्रको पूर्वाधारमा क्षति पुगेको बताइएको छ।

frontline

अर्वेनका कारण हालसम्म तीन मानिसले ज्यान गुमाइसकेका छन्। आँधी प्रभावित क्षेत्रका करिब ९५ प्रतिशत मानिसहरु प्रभावित भएको बताइएको छ। प्रतिघण्टा १६० किलोमिटरको वेगमा आएको अर्वेन आँधी दशकयताकै ठूलो मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here