शिक्षामा लगानी बढाऔ : राष्ट्रपति भण्डारी

श्रोत : ईन्टरनेट

१७ मङ्सिर, काठमाडौं । अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षामा लगानी बढाउनुपर्नेमा राष्ट्र्पति विद्यादेवी भण्डारीले जोड दिएकी छिन् । 

उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बिदेसिने गरेको बताउँदै यसको न्यूनीकरण र शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताएकी हुन् ।

frontline

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा प्रथम त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्र्पति भण्डारीले अब्बल जनशक्ति उत्पादन गर्न शैक्षिक गुणस्तर आवश्यक भएको बताइन् । 

‘लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी, विदेशी विद्यार्थी तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिइन् । बौद्ध दर्शन आजको युगमा विश्वभरि फैलिरहेको बताउँदै विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीका मूर्त र अमूर्त सम्पदाहरू विश्वमै अमूल्य भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

लुम्बिनी गुरुयोजनाको काम बिलम्ब हुनुको कारण पत्ता लगाएर यथाशक्य छिटो पूरा गर्न सके लुम्बिनी एक उत्कृष्ट अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय गन्तव्य बन्ने राष्ट्र्पति भण्डारीले बताइन्।

रुपन्देही ,नवलपरासी , कपिलवस्तु र देशैभर फैलिएका बौद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक सम्पदाको उत्खनन् तथा संरक्षण गर्नुपर्ने उनले जोड दिइन् । ‘बुद्धका उपदेश÷शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयहरूलाई सुझाबसमेत दिइन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षालाई सीपसँग जोड्नुपर्ने बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरी शिक्षालाई सीप र संस्कारसँग जोडेर आध्यात्मिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेचरनले सबै मिलेर मुलुकको विकासका लागि अघि बढ्नुपर्ने बताए। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रभावकारी ढंगले हुन सके लुम्बिनी संसारकै लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुने बताए। 

विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताए ।

सबैको साथ र सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here